सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरूद्ध
- असार ५, २०७९
- 0
ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ।
निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो।
बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।
पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ।
वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ।
प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो।
मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बूले बताए।
निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ।
लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ।
-रासस
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]









