सिटी एक्सप्रेस मनी ट्रान्सफर र काठमाडौं महानगरबीच सहकार्य

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पु¥याउनको लागि होटल तथा अन्य संस्थाहरुलाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक बनाउन आह्वान गरेकोमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले उक्त आव्हानप्रति ऐक्यवद्धता जनाउदै आफ्नो प्रमुख कार्यालयको भुइतल्लामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भएको छ ।

काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई सार्वजनिक शौचालयको संकेत बोर्ड हस्तान्तरण गरेका हुन ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *