सात वटै प्रदेश सरकारले आज नयाँ बजेट ल्याउँदै

news-details

सात वटै प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् ।

प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका हुन ।

सात वटै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने बजेटको सिलिङ तोकिसकेकाले सोही सिलिङभित्र रहेर उनीहरुले बजेट बनाउने गर्दछन् ।

स्थानीय आवश्यकता अनुसार बजेट बनाउनु पर्ने भए पनि प्रदेश सरकारहरुले पनि केन्द्रकै देखासिकी गर्दै वितरणमुखी बजेट नै बनाउने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *