नेपाल हिमालय सीमापार वाणिज्य संघद्धारा २२ औं साधारणसभा सम्पन्न

news-details

उत्तरी नाकाबाट सामान आयात गर्ने व्यवसायीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघले २२ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा व्यवसायीहरुले उत्तरी नाकामा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
गत शनिवार काठमाडौंस्थित ह्यात रेजेन्सी होटलमा सम्पन्न साधारणसभामा पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न महामारी तथा प्राकृतिक बिपत्तिको समयमा पनि नेपाल हिमालय सीमापार वाणिज्य संघले नेपालको व्यापारिक क्षेत्रलाई उचाईमा पु¥याएर अर्थतन्त्रमा टेवा पु¥याउन अहम् भुमिका खेलेको बताउँदै अहिले उत्तरी नाकामा देखिएका समस्याप्रति सरकारको ध्यानकेन्द्रित नरहेको र छोटो दुरी हुँदा पनि सामुन्द्रिक बाटोबाट मँहगो भाडामा सामान आयात गर्नुपरेको बताए ।
पूर्वमन्त्री बस्नेतले आफू पदमा नभएपनि व्यापारीहरुका समस्याहरुलाई समाधान गर्न तत्पर रहेको जानकारी दिदै जस्तोसुकै परिस्थितिमा पनि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


त्यस्तै नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले नेपाल हिमालय सीमापार वाणिज्य संघ चिनसँगको व्यापार अभिवृद्धिमा स्थापानाकालदेखि नै योगदान पु¥याउँदै आइरहेको र आयात निर्यात अभिवृद्धिमा संस्थाका सबै साथीहरु निरन्तर लागिरहेको र आगामी दिनमा पनि निरन्तर लाग्दै जाने प्रतिबद्धता व्यक्त गरे ।


उत्तरी नाकामा भएका समस्याहरु समाधान गरिदिन सरकार समक्ष आग्रह गर्दै अध्यक्ष श्रेष्ठले संस्थाले विगतदेखि गर्दै आईरहेको बिभिन्न सामाजिक हितको कामहरुको बारेमा समेत प्रष्ट पार्दै आगामी दिनहरुमा पनि यस्ता कामहरु निरन्तर गर्दै जाने विश्वास दिलाए ।
त्यस्तै संघका बरिष्ठ उपाध्यक्ष रामहरी कार्कीले व्यवसायीहरुले विगतदेखि नै धेरै समस्या झेल्नुपरेको र त्यसमा सरकारले खासै चासो नदेखाएको बताए ।

कार्यक्रममा स्थानिय निकायको चुनावमा निर्वाचित भएका नेपाल हिमालय सीमापार वाणिज्य संघका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *