फेरी बढ्यो पेट्रोलियम पर्दाथको मूल्य: पेट्रोलमा ८, डिजेल-मट्टीतेलमा प्रतिलिटर १२ रुपियाँ बृद्धि

news-details

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेको छ ।

त्यसैगरी निगमले डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर १२ रुपियाँ बढाएको छ ।

अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *