गुरु ट्राभल्स् र बिधीबीच प्रविधि र सफ्टवेयरसम्बन्धी काम गर्ने सम्झौता

news-details

नेपाली पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स् लिमिटेडले सूचना प्रविधि रसफ्टवेयरसम्बन्धी सहकार्यको लागि विधि प्रा.लि.सँग सम्झौता गरेको छ ।

ब्यवसायिक सहकार्यसम्बन्धी बुधवार भएको समझदारी पत्रमा गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेल एवम् विधिका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा दुबै कम्पनीहरुले एक आपसमा प्राविधिक र पर्यटन कार्यको प्रवद्र्धनको लागि सहकार्य गर्ने प्रयोजन राखिएको छ । जसमा विधि प्रा. लिले प्रविधि पार्टनर र गुरु ट्राभल्स्ले ट्राभल पार्टनरका रुपमा एक अर्कालाई प्रबद्र्धन गर्दे अगाडि बढ्ने र ग्राहकलाई सेवा प्रदान गर्ने जनाएका छन् ।

गुरु ट्राभल्स्ले विश्वभ्रमण जस्ता आउटबाउण्ड् पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउण्ड् पर्यटनलगायतका विविध क्षेत्रमा ट्राभल प्याकेज सेवा प्रदान गर्दै आएको छ । गुरु ट्राभल्सले पब्लिक पार्टनरसिप मोडललाई आत्मसात गर्दै पर्यटन प्रवद्र्धनका विशेष प्याकेज अगाडि सारेको जनाएको छ ।

सम्झौता अनुसार विधिले सोको प्रयोजनमा सिस्टम सफ्टवेयरहरु उपलब्ध गराउने जनाइएको छ ।

एक समारोहका बीच गुरु ट्राभल्स् लि.को सम्पर्क कार्यालयमा भएको सम्झौतापछि संस्थाका प्रमुख कार्यकारी अधिकृत धरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग राम्रो सहकार्य रहने बताए । उता विधिका प्रमुख कार्यकारी अधिकृत सापकोटाले गुरु ट्राभल्स्का विविध गतिविधिलाई विश्वभर नै फैलाउन आफू लागिपर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *