आकर्षक अफरसहित सुज प्यालेसको ‘बागबजार जुत्ता मेला’ शुभारम्भ

news-details

चर्चित नेपाली ब्राण्डका जुत्ताचप्पलहरुको समूह सुज प्यालेसले आकर्षक अफरसहित ‘बागबजार जुत्ता मेला’ शुभारम्भ गरेको छ ।

काठमाडौको मुटु मानिने बागबजारमा मंगलबार जुत्ता मेलाको उद्घाटन बाग्मति प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ र फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन( एफम्यान)का अध्यक्ष नानीराज घिमिरेले संयुक्तरुपमा गरेका छन् ।

स्वदेशी उत्पादनका प्रख्यात नेपाली ब्राण्डहरुले रत्नपार्कको आकासेपुलसँगै रहेको नवनिर्मित कम्प्लेक्सको पहिलो तल्लामा ‘स्थायी शोरुम’मा नै मेला लगाएका हुन् ।

भृकुटीमण्डपमा केही दिन लाग्ने मेला भन्दा स्थायी शोरुममा मेला लगाउँदा उपभोक्तालाई थप सहज हुने अपेक्षासहित परिस्कृत र गुणस्तरीय सेवा दिन स्थायी शोरुम बागबजारमा मेला लगाएको आयोजकको भनाई छ ।

बागबजार जुत्ता मेलाको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका बाग्मति प्रदेशका सभामुख श्रेष्ठले स्वदेशी उत्पादनका जुत्ताचप्पल विदेशीभन्दा सस्तो र गुणस्तरीय उपलब्ध हुनु सकारात्मक भएको बताए । उनले भने –‘स्वदेशी जुत्ताचप्पलको क्षेत्र आत्मनिर्भर हुँदै जानु र बर्षेनी एक करोडको विदेशमा निर्यात गर्नु खुशीको विषय हो ।’

उनले स्वदेशी उत्पादनका जुत्ताचप्पलको क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता राखेको र यस क्षेत्रका समस्या समाधानमा ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । उनले बागबजारमा विदेशी जुत्तासँग प्रतिस्पर्धा गर्दै स्वदेशी जुत्ताचप्पलको स्थायी शोरुपमा नै शुभारम्भ भएको मेलाको सफलताको शुभकामना दिए ।

कार्यक्रममा एफम्यानका अध्यक्ष घिमिरेले जुत्ताचप्पलको क्षेत्रमा लागेको १५ सय व्यवसायीहरु आत्मनिर्भरतर्फ उन्मुख भइरहेको बताए । अध्यक्ष घिमिरेले भने –‘सरकारले फुटवेयर व्यवसायीहरुका लागि नीतिगत व्यवस्था राम्रो गरे पनि प्रभावकारी कार्यान्वयन गर्न नसक्दा व्यवसायीहरु मारमा परिरहेका छन्, चोरी पैठारी नियन्त्रण गर्न जरुरी छ ।’

अध्यक्ष घिमिरेका अनुसार फुटबेयर क्षेत्रमा ५० हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने स्वदेशी उत्पादनले ६० प्रतिशत नेपाली बजार धानिरहेको छ । नेपाली व्यवसायीहरुले बार्षिक १६ करोड जोर उत्पादन क्षमता रहेको अध्यक्ष घिमिरेको भनाई छ ।

बागबजार जुत्ता मेलाको उद्घाटन कार्यक्रममा एफम्यानका महासचिव ज्ञानेन्द्र दाहालले भृकुटीमण्डपमा बाह्रै मासा लाग्ने मेलामा गुणस्तरहीन जुत्ता राखेर भ्रम सृजना गर्ने काम भइरहेकोमा संघको गम्भीर ध्यानाकार्षण भएको बताए । उनले भने –‘ भृकुटीमण्डपमा पाल टाँगेर मात्र होइन हाम्रा उत्पादनलाई स्थायी शोरुममा गुणस्तरीय र सुविधासम्पन्न रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण बागबजारको यो मेलाले दिएको छ ।’

यसअघि संचालन गरेका मेलाहरुमा आम उपभोक्ताको ठुलो आकर्षण देखिएपछि सबैको सहजताका लागि उपत्यकावासी आउजाउको केन्द्रविन्दुमै स्थायी शोरुमसहित मेला संचालनमा ल्याएको आयोजक प्रमोद महतोले जानकारी दिए । ‘ भृकुटीमण्डपमा हामीले पनि विगतमा मेला लगाएका थियौ तर भृकुटीमण्डपको मेलामा जुत्तामा वारेन्टी लेखिएको हुन्छ तर पसल वा शोरुप कहाँ हुन्छ थाहा हुँदैन केहि समस्या पर्दा पसलै थाहा नभएपछि कहाँ जाने त ति कुराहरुलाई चिर्न बागबजारको शोरुपमा पर्मानेन्ट मेला लगाएका छौ’ आयोजक महतोले बताए ।

बागबजारको मेलामा ९० प्रतिशत नेपाली प्रोडक्ट र १० प्रतिशत बिदेशी ब्रान्ड राखेर विदेशीसँग प्रतिस्पर्धा गरिरहेको आयोजकको भनाई छ । । आयोजक जीवन श्रेष्ठले वर्षमा १२ वटा अफर दिएर १२ वटा मेला स्थायी शोरुपमा नै लगाउने बताए ।

आयोजक श्रेष्ठ भन्छन् –‘ यो मेलाले उपभोक्ताहरुलाई पुलको रुपमा जोड्छ र हाम्रा उत्पादन सस्तो र गुणस्तरीय पनि पाउनुहुन्छ ।’ भोलिका दिनमा स्वदेशी पूँजी स्वदेशमा नै प्रयोग गरेर बिभिन्न शहरहरुमा पनि उपभोक्ताहरुलाई सहज होस् भनेर नयाँ आउटलेट खोल्दै जाने आयोजकको योजना छ ।

नयाँ तथा आधुनिक डिजाइनका एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध मेलामा छुट, स्कीम र वारेन्टीसहित उत्पादन लागतमै जुत्ताचप्पल उपलब्ध रहेको आयोजकको भनाई छ ।

मेलामा नेपालका प्रख्यात ब्राण्ड स्मार्ट सुज, सम्राट सुज, केटीएम सुज र भेनस सुजका नयाँनयाँ डिजाइनका स्टाइलिस जुत्ताचप्पल उपलब्ध छन् ।

आयोजकले मेला संचालनको शुभारम्भमा प्रत्येक जुत्ता खरिदमा २० देखि ५० प्रतिशतसम्म छुट प्रदान गरिएको जनाइएको छ । जुत्ता कम्पनीले सीधै ग्राहकहरुलाई जुत्ताचप्पल उपलब्ध गराउने हुँदा एजेन्सी, होलसेलर तथा पसलहरुले लिने कमिशन नजोडिदा उत्पादन मूल्यमै ग्राहकहरुलाई उपलब्ध हुने आयोजकको दावी छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका साथै खरिद सहजताका लागि बागबजारमा संचालनमा आएको स्थायी शोरुपको मेलाले सफलता चुम्ने अपेक्षा छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *