सय मेगावाटको तामाकोशी-भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत

news-details

लगानी बोर्डले एकसय मेगावाटको तामाकोशी-भी आयोजनाको लगानी स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले तामाकोशी-भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत गरेको हो । बैठकले ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि पनि लगानी स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले जानकारी दिए ।

७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका बिषयमा अध्ययन समितिले बैठकमा प्रतिवेदन बुझाएको उनले बताए । भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय आयोजनाहरुलाई तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *