भृकुटीमण्डपको बृहत जुत्ता चप्पल मेलामा उपभोक्ताको आकर्षण बढ्दो

news-details

काठमाडौँको भृकुटीमण्डपको गेटैमा शुरु भएको वृहत जुत्ता चप्पल मेलामा उपभोक्ताको आकर्षण बढ्न थालेको छ ।
मेलामा चर्चित नेपाली ब्राण्डहरुका हजारभन्दा बढि मोडलका जुत्ता चप्पल रोजीरोजी किन्न पाइने र एउटै छानामुनी गुणस्तरीय र सस्तो मुल्यमा जुत्ता चप्पल पाइने भएकाले भृकुटीमण्डपमा उपभोक्ताहरुको भीड बढेको हो ।


मेलामा हरेक जुत्ताचप्पलमा ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकोले उपभोक्ता मेलामा झुमिएका छन् । मेलामा धेरै उपभोक्ता आउने र व्यापार पनि धेरै हुने भएकाले उत्पादन मुल्यमा नै बिक्रीवितरण गरिएको आयोजकको भनाई छ ।
मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको छ । विगतमा आयोजना गरेका मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला संचालन गरिएको आयोजक सबिन कार्कीको भनाई छ ।
मेलामा चर्चित नेपाली ब्राण्डहरु शिखर सुज, ब्याम्बो सुज, फुट स्टेप सुज, बोस सुज, पीजी सुज, वान वल्ड सुज, हाइलाइफ र एस लेदरका नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल एउटै छानामुनी छानीछानी किन्न पाइनेछ ।


मेलामा भेटिएका उपभोक्ता नेपालीले उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा र गुणस्तरीय पाएकाले मख्ख छन् । उपभोत्ताहरु विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न आएको बताउँछन् ।
नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न अर्का आयोजक गंगा श्रेष्ठको आग्रह छ ।
मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका लागि बच्चादेखि बृद्ध र महिलादेखि पुरुससम्मका लागि सबै प्रकार जुत्ताचप्पल उपलब्ध रहेका छन् । तपाई पनि नयाँ जुत्ता किन्न खोज्दै हुनुहुन्छ भने भृकुटीमण्डपको बृहत जुत्ताचप्पल ब्यापार मेलामा जानु हुन्छ की ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *