बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आजदेखि खुल्यो
- जेष्ठ २०, २०७९
- 0
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको छ।
सर्वसाधारणले बाँकी रहेको १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
निष्काशन बन्द छिटोमा जेठ २५ गते हुनेछ भने ढिलोमा असार ३ गते हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
0 प्रतिक्रिया
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]









