डिजेल र पेट्रोलको मूल्य घटाउने सरकारको तयारी

news-details

सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०-१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको छ ।

इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो ।

इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमती जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले त्यसका लागि अध्ययन सुरु गरेको छ ।

सरकारले डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क र पूर्वाधार कर लगाउँदै आएको छ । अन्तराष्ट्रिय बजारलाइ आधार मानेर इन्धनको मूल्य तोक्दै आएको सरकारले अन्तराष्ट्रिय बजारमा मूल्य लगातार बढेपछि उपभोक्तालाई राहत दिन कर घटाएर भएपनि मूल्य घटाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा प्रति लिटरमा १०-१० रुपैयाँका दरले पूर्वाधार कर घटाउन सहमती जनाएको हो ।

पछिल्लो पटकको मूल्य वृद्धिपछि सरकारले प्रतिलिटर पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा, डिजेलमा ४५ रुपैयाँ ९१ पैसा, मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लिँदै आएको छ ।

सरकारले हवाइ इन्धनमा आन्तरिक तर्फ २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लिने गरेको छ । खाना पकाउने ग्याँसमा सरकारले प्रति सिलिण्डर ३२७ रुपैयाँ ३७ पैसा राजश्व लिने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *