‘आइएमई पे’को नयाँ अफरमार्फत २५ रूपैयाँ बोनस पाइने

news-details

आइएमई पेले ‘रिफर एन्ड अर्न’ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीभाइ माझ सेयर गर्नुपर्ने हुन्छ। प्रापकले सो कोड स्विकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी अपडेट गरेर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रूपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउछन् ।

प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ। उनीहरूले आफ्नो आइएमई पे एपको ‘रिफर फ्रेन्ड’ मा गएर वा यसको एपबाट रिफर कोड प्राप्त गर्न सक्छन्।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नु बताएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *