नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

news-details

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्।

नबिल बैंकमा बंगलादेश बैंक मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुंगानालाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो।

ढुंगानाको कार्यकाल आगामी १७ असारदेखि लागू हुने छ । यसअघि ढुंगानाले नेपाल बंगलादेश बैंकमा १० वर्षसम्म सीईओ भएर काम गरेका थिए ।

नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिन लागेकोले ढुंगानालाई नबिल बैंकले सीईओ नियुक्त गरेको हो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया