पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा पनि बढ्यो, कुन रुटको भाडा कति ?
- जेष्ठ ९, २०७९
- 0

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडा पनि वृद्धि गरिएको छ ।
आइतबार हवाई उडानतर्फ आन्तरिक र बाह्य इन्धनको मूल्य वृद्धि भएसँगै सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँले भाडा वृद्धि गरेको हो ।
जारी विज्ञप्तिअुनसार सबैभन्दा बढी हवाई भाडा काठमाडौं–धनगढीको रहेको छ । ४४५ रुपैयाँले वृद्धि गरिएको उक्त रुटको भाडा १५ हजार ६६५ रुपैयाँ पुर्याइएको छ ।
काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ । काठमाडौं–सिमरा ९० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार जारी सूचना गरिएको हवाई भाडा जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।
0 प्रतिक्रिया
एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र, आदेश कार्यान्वयन गर्न अल्टिमेटम

गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चेतावनीयुक्त पत्र पठाएको छ । हाल डा.बद्री केसी नेतृत्वको एनआरएनएले […]
पूर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय […]
‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजा महाराजालाई नेपाली जनताले इतिहासको विषय बनाई सकेको बताएका छन् । मंगलबार २७ औं […]
युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा […]
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठकसम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]