नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत कायम रहने विश्व बैंकको प्रक्षेपण
- बैशाख ८, २०७९
- 0
सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेकोमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ ।
विश्व बैंकले गत पुसमा ३।९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेकोमा बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको हो ।
खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो ।
६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।
0 प्रतिक्रिया
बलिदानी दिवस : मधेश प्रदेश सरकारले तीन करोड ६१ लाख दिने घोषणा
मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । विगत […]
आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको दावी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने […]
यू–१९ महिला विश्वकप : नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा नेपालले दिएको […]
नक्साल क्षेत्र पर्यटकीय गन्तब्य बोकेको क्षेत्र हो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा […]
टिपर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति ११ बजे स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा […]