सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने
- बैशाख ७, २०७९
- 0

सर्वोच्च अदालतको आदेशपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कदैछन् ।
मंगलबार सर्वोच्चले गभर्नर अधिकारीमाथि गरिएको निलम्बन कार्यान्वयन नगर्न र निर्वाद काम गर्न दिन सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।
विशेषगरी विदेशबाट आएको ४० करोड प्रकरणलाई रोक्का गर्न खोजेपछि रुष्ट बनेका अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
विकराल अर्थतन्त्रलाई उकास्न सुझाव दिँदै आएका गभर्नरमाथि सरकारले आफ्ना कमजोरी ढाकछोप गर्न गरेको निलम्बनलाई सर्वोच्चले खारेज गरिदिएको हो ।
सर्वोच्चको फैसलाले गम्भीर नैतिक संकटमा परेका अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने चोतर्फी माग उठेको छ ।
0 प्रतिक्रिया
हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी […]
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले आज […]
शिक्षा समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा […]
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

आज संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दै छ । जस अन्र्तगत प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]