नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त
- माघ २०, २०७८
- 0

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । १७ गते बसेको मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो । रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्कीसहित ११ जनाले आवेदन दिएका थिए ।
जसमध्ये विभिन्न चरणमा छनौट गर्दै कार्कीसहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । तीन जना मध्येबाट मन्त्रिपरिषद बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
पाल्पा स्थायी घर भएका कार्की नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् । हाल कार्की बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् ।