सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड
- माघ १८, २०७८
- 0

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।
योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पु-याएको छ ।
त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु-याइएको छ ।
0 प्रतिक्रिया
कांग्रेस-एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएको बताएका छन् […]
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे समितिको सभाकक्ष […]
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका […]
आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले […]
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन […]