आइएमई पे र युनिमनी एक्सचेन्जबीच सम्झौता, १३ वटा आइफोन र सय ग्राम सुन जित्न सकिने
- पुस २२, २०७८
- 0

आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको -याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।
यो अभियान अनुसार युनिमनि कतार मोवाइल वा युनिमनीको वेबसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार आइफोन वाहेक ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरि सय ग्राम सुन जित्न सक्नेछन् । यो अभियान पुस १७ गतेदेखि फागुन ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।
विद्युतीय माध्यमबाट स्थानीय तहका प्रतिनिधि राखेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
युनिमनी कतारका महाप्रवन्धक फ्लोयड जोनीले बैंक खाता, आइएमई पे वालेट वा नगद पैसा पठाउँदा पुरस्कार जित्न सक्ने बताए ।