एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शिष्टचार भेट
- भदौ २६, २०७८
- 0
नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छिन् ।
अर्थमन्त्रालयमा आज भएको भेटर्वार्तामा उपाध्यक्ष फतिमा सुमारले एमसीसीमा रहेका बिषयमा प्रष्ट पार्दै संसदबाट सिघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकि थिइन ।
एमसीसी नेपालको बिकास साझेदार मात्र भएको र यसलाई अन्यथा लिन नहुनेमा उपाध्यक्ष फतिमाको जोड रहेको अर्थमन्त्रालयले जनाएको छ ।
भेटका क्रममा अर्थमन्त्री शर्माले एमसीसीका बारेमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका थिए ।
यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा मन्त्री पम्फा भुसाल लगाएतसँग पनि भेटवार्ता गरेकी थिइन् ।
0 प्रतिक्रिया
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनुपर्छ : अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी अर्थविद् एवम विश्लेषक हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला सल्लाहकारको जिम्मेवारी सम्हालेका उनी व्यवसायी पनि […]
आज दुई संसदीय समितिको बैठक बस्दै
शुक्रबार दुई वटा संसदीय समितिकोे बैठक बस्दै छ । जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे […]
विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । आज ६ विपक्षी दलहरुको बैठक पश्चात दिउँसो ३ बजे […]
अदालतमा बयान नसकिएपछि डा. निकोलस भुसाल फेरि न्यायिक हिरासतमा, आज पनि बयान हुने
सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । डा. निकोलस भुसाल […]
बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना, १० जना घाइते
बागलुङको ढोरपाटन नगरपालिकामा बिहिबार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको […]