पाँच वर्षे रणनीति ल्याउँदै लगानी बोर्ड
- भदौ २२, २०७८
- 0

लगानी बोर्ड नेपालले पाँच वर्षे व्यावसायिक योजनासहितको रणनीति ल्याउन लागेको छ ।
बोर्डको १०औँ वार्षिकोत्सवका अवसरमा रणनीतिक योजना (२०७८–८२) सार्वजनिक गरिने जानकारी बोर्डले दिएको छ ।
भदौ २३ गते आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले रणनीति सार्वजनिक गर्ने जनाइएको छ । साथै नेपाल इन्भेस्टमेन्ट गाइड, २०२१ र कफी टेबल बुकसमेत सार्वजनिक हुने जनाइएको छ ।
त्यस अवसरमा आयोजना हुने कार्यक्रममा नेपालका लागि विभिन्न देशका राजदूतलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही दिन विभिन्न विषयमा विज्ञ समूह छलफल पनि आयोजना गरिने जनाइएको छ ।
0 प्रतिक्रिया
सतुङ्गलस्थित आरआर कम्प्लेक्समा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान […]
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]