सुपथ मूल्य पसल र ‘अनलाइन टिकेटिङ’व्यवस्थाको निर्णय
- भदौ २१, २०७८
- 0

सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य निकायहरूको समन्वयमा विस्तृत कार्ययोजना तयार गरी १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालनासहित सहज यात्रा व्यवस्थापनलगायत कामको व्यवस्थापन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत गराउन निर्देशन दिएको छ ।
0 प्रतिक्रिया
सतुङ्गलस्थित आरआर कम्प्लेक्समा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान […]
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति […]
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा […]
मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । […]