अवैतनिक दूतलाई कूटनीतिक प्रतिनिधिसरहको हैसियत माग
- साउन २४, २०७८
- 0

विभिन्न देशका वाणिज्य दूतहरूको संस्था अनररी कन्सुल कर्पस नेपालले आफूहरूलाई कूटनीतिक नियोग प्रतिनिधिसरहको हैसियत प्रदान गर्न सरकारसँग माग गरेको छ । कर्पसका डिन लोकमान्य गोल्छाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विभिन्न माग राखेको हो ।
प्रधानमन्त्री देउवालाई शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको सो टोलीले कूटनीतिक नियोगको हैसियतको सवारी सुविधा र सम्मान दिलाउन आग्रह गरेको उक्त संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगतमा विभिन्न देशका लागि नियुक्त नेपालका वाणिज्यदूतहरूले कूटनीतिक निकायको मान्यता प्राप्त सवारीसाधन प्रयोग गर्न पाउने गरेको जनाइएको छ ।
निलो प्लेट र प्रतिनिधि देशको झण्डासहित सवारीसाधन चलाउने यो व्यवस्था केही वर्ष पहिले नेपाल सरकारले निलम्बन गरेको थियो । यसले विदेश राष्ट्रका प्रतिनिधि नेपाल आउँदा व्यवस्थापन गर्न तथा मुलुकभित्रै पनि सहज आवागमन गर्न सुविधा हुने र उनीहरूको सम्मानको वातावरणसमेत बन्ने भएकाले यो छुटसहितको सवारीसाधन प्रयोग अनुमति दिन आग्रह गरिएको प्रतिनिधि मण्डलमा सहभागी व्यवसायी राजेशकाजी श्रेष्ठले बताउनुभयो ।
भेटमा यस्ता दूतहरूलाई आन्तरिक तथा अन्तर्राष्टिय विमानस्थलमा विदेशी राजदूतसरहको आवागमन व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ । सम्बन्धित मुलुकबाट आउने उच्च अधिकारीको व्यवस्थापन तथा सम्मानका खातिर पनि विगतमा निलम्बित यस्ता सुविधा सुचारु गर्न आग्रह गरिएको डिन गोल्छाले जानकारी दिनुभयो ।
व्यवसायीको मागपछि प्रधानमन्त्री देउवाले यस विषयमा उपयुक्त निर्णय गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने आश्वासन दिनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।
0 प्रतिक्रिया
कोषाध्यक्षमा उम्मेदवारी दिएका बिक्रम श्रेष्ठ भन्छन ‘संघको कोष मजवुद र चलायमान बनाउने छु’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका बिक्रम श्रेष्ठले आफु निर्वाचित भएमा संघको कोषलाई मजबुद […]
यस्तो छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु

नेपाल सरकारले २०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा […]
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान, काठमाडौंमा र्याली

राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित […]
नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे […]
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई […]