असार ७ गतेदेखि बैंकका सबै शाखामा कारोबार सुरू हुने
- असार ४, २०७८
- 0
बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ ।
सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण हाल बैंकहरुले सीमित शाखाबाट आलोपालोमा मात्र सेवा दिइरहेका छन् । त्यसैगरी निक्षेप झिक्ने र राख्ने सेवा मात्र सञ्चालनमा छ भने शाखा पनि २ बजेसम्म मात्र सञ्चालनमा छन् ।
अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ । यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर उनी रिहा […]
रास्वपाले भन्यो – ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ । […]
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका […]
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीस […]
सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन चेम्बर र आईएलओबीच छलफल
नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाडौंको […]