शंकर ग्रुप र इन्फिनिटी होल्डिङद्वारा तीन करोड बढिको स्वास्थ्य सामाग्री सहयोग
- जेष्ठ ५, २०७८
- 0

नेपालका दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले अग्रपंक्तिमा रहेर कोरोना विरुद्धको युद्धमा होमिएकाहरुका लागि सहयोगको श्रृंखला सुरु गरेका छन् ।
दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएकाहरुलाई हस्तानान्तरण गरिसकेका छन् । शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन ।
शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए ।
कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ ।
0 प्रतिक्रिया
हिरासतमुक्त भएपछि रवीन्द्र मिश्रले भने- ‘कुनै पनि अपराध नगरेपनि राज्य मेरो विरुद्ध लाग्यो’

सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा नेता रवीन्द्र मिश्रले राज्य विरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रोह आफूबाट […]
धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने

धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा […]
वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ । शुक्रबार […]
त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने दाबी

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण […]
विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति […]