अर्थमन्त्रीद्वारा कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह
- चैत्र १९, २०७७
- 0
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट प्रस्ताव गर्न अनुरोध गर्नु भएको हो ।
खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नु पर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षिय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गर्नु भएको हो ।
सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको बताउँदै उहाँले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औल्याउनु भयो ।
उहाँले कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड-१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरेको छ ।
0 प्रतिक्रिया
सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन् । […]
‘काभ्रे सेवा समाज यूएई’मा बेता घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
यूएईमा बसोबास गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाबासीहरुको साझा संस्था काभ्रे सेवा समाज यूएईले बेता घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ […]
समाजवादीबाट हंशराज वाग्लेलाई माला लगाउँदै देउवाले फर्काए काँग्रेसमा
व्यवसायी तथा नेकपा (एकीकृत समाजवादी) ओखलढुंगा जिल्लाका अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा फर्किएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विहीबार […]
एनआरएनएको एकताको महाधिबेशन : ‘अक्टोबर’ की ‘मे’ मा ?
गैरआवासीय नेपाली संघभित्रको विवाद अदालतमा पुगेपछि आएका भिन्न–भिन्न फैसलाले एनआरएनएको अभियानलाई दुई दिशातिर विभाजन गरेको छ । एनआरएनएको एकताको महाधिबेशन […]
राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा माघ १० गते, बिहीबार एक […]