सेञ्चुरी बैंकको १०औं वार्षिकोत्सव सम्पन्न
- फाल्गुन २७, २०७७
- 0

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १० औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा सम्पन्न भएको हो ।
कार्यक्रममा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरे । साथै कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने बताए ।
उक्त समारोहमा बैंकका संचालकहरु सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखे।
सोही कार्यक्रममा बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा उद्धघाटन गरे ।
योसँगै बैंकको १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएम छन् ।