नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्र
- फाल्गुन २६, २०७७
- 0

सरकारले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ढुङ्गाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
राष्ट्र बैङ्कका निवर्तमान डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल एक साताअघि सकिएको थियो ।
डेपुटी गभर्नरमा नियुक्त हुनुभएका ढुङ्गाना पहिलो महिला डेपुटी गभर्नर हुनुहुन्छ । उहाँहरूको कार्यकाल पाँच वर्ष रहेको छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् […]
‘फिने’ले खतिवडाको अध्यक्षतामा गठन गर्यो बाग्मती प्रदेश कमिटि

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । उद्योग, बाणिज्य तथा आपुर्ति […]
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । […]
प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ […]
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी […]