मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘डिशहोम गो’ मा अव ७० वटा च्यानल

news-details

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा ‘डिसहोम गो’ (DishHome GO) सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा अवेदेखी ‘डिसहोम गो’ प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।

यस संगै ‘डिसहोम गो’ एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरु गरेको छ । जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सकिने डिसहोमले जनाएको छ ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘डिशहोम गो’ मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराइएको र यो एप प्रयोगका लागि थप कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट ‘डिशहोम गो’ ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *