तातोपानी नाका आजबाट पुन: संचालनमा, रसुवागढी नाका भने अझै अनिश्चित
- फाल्गुन १०, २०७७
- 0

एक सातादेखि बन्द रहेको तातोपानी नाका आजबाट पुन: संचालनमा आएको छ । चिनीयाँहरुको ल्होसार पर्वका कारण उक्त नाका माघ ३० गतेदेखि बन्द भएको थियो ।
अहिलेसम्म कोटा प्रणालीमा चीनबाट कन्टेनर भित्र्याइरहेकोमा अब भने कोटा प्रणाली पनि हटाइएको नाका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
गत वर्ष चीनबाट कोभिड–१९ फैलिएसँगै तातोपानी नाका लामो समय बन्द थियो । त्यसपछि खुलेको नाकाबाट कोटा प्रणालीमामात्र सामान नेपाल भित्रदा नेपालका व्यवसायी मार्कामा पर्दै आएका थिए ।
आज तातोपानी नाकाबाट ८ ओटा कन्टेनर सामान लिएर नेपाल आउँदै गरेको प्रमुख खत्रीले जानकारी दिए ।
यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।