नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सहमत
- माघ १७, २०७७
- 0

भारत सरकार नेपाललाई थप १०० मेगावाट बिजुली दिन सहमत भएको छ ।
ऊर्जासम्बद्ध नेपाल भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले नेपाललाई थप बिजुली दिने सहमति जनाएको हो । भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसारण लाइनमार्फत थप १०० मेगावाट बिजुली दिन लागेको हो ।
यससँगै यो लाइनबाट नेपाललाई ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।
अहिले बिजुलीको उच्च माग भएपछि विद्युतभार थेग्न भारतसँग नेपालले थप बिजुलीको प्रस्ताव गरेको हो ।
नेपालमा हाल अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ ।
0 प्रतिक्रिया
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]
नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् । आइतबार गण्डकी आयुर्वेद […]
‘कृषि क्षेत्रको दिगो विकासका लागि सरकारको स्पष्ट नीति आवश्यक’

विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक […]
पहिलो सगरमाथा संवाद सम्पन्न, २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी

जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ […]
समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा […]