कुमारी बैंकको निःशुल्क पिसिआर परीक्षण क्याम्प
- अशोज २१, २०७७
- 0

कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पिसिआर परीक्षण क्याम्प आयोजना गरेको छ ।
उक्त क्याम्प असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखा तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ ।
क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पिसिआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराइएको छ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी भन्छन्, “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।”
0 प्रतिक्रिया
रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन पत्र लेख्ने महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् । आज काठमाडौं जिल्ला […]
गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ । यसअघि पाँच […]
प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच विशेष समझदारी

प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस […]
महिला टी-२० विश्वकप एसिया छनोट : युएईलाई हराउँदै नेपाल विश्वकपको ग्लोबल छनोटमा

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ। सोमबार […]