रसुबागढी नाका आंशिक खुला, दैनिक पाँच कन्टेनर सामान सीमासम्म ल्याइदिने सहमति

news-details

गोपालचन्द्र सुवेदी / अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो ।

बुधवार स्वास्थ्य सामग्री बोकेको एक कन्टेनर नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य खड्काले जानकारी दिनुभयो ।

तिब्बतको जिलोङ काउन्टीका स्थानीय प्रसासन र रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तका अनुसार बिहिबारदेखि दैनिक पाँच कन्टेनर सामान नेपाली सिमानासम्म चिनियाँ पक्षले ल्याइदिने सहमति भएको छ ।

प्रजिअ पन्तका अनुसार स्वस्थ्य सुरक्षाका मापदण्डमा चिनियाँ अधिकारीहरुलाई पूर्ण परिपालना गराउने आश्वासन दिएपछि नाका सुचारु गर्न उनीहरु सहमत भएका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *