माछापुच्छ्रे बैंक र ओम एक्सप्रेस पेमेन्ट बीच रेमिट्यान्स सम्झौता

news-details

माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बिच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात् भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँंग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका सबै शाखाबाट सहजै प्राप्त गर्न सकिन्छन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्नेछ ।

बैंकले १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत सेवा दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *