नेपाल बैंक लिमिटेड तथा लिसंखु पाखर गाउँपालिकाबीच सम्झौता

news-details

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्लास्थित लिसंखु पाखर गाउँपालिकाबीच उक्त गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

गाउँपालिकाले संचालन गर्न लागेको “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन ९जडिबुटी, वनपैदावार० मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगायतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा स्थानीयवासीहरुलाई उद्यमशिल बनाउने लक्ष्य लिइएको जनाइएको छ ।

यस सम्झौताले उक्त अभियानमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न तथा उद्यमशीलता विकासका लागी आवश्यक सहयोग प्रदान गरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबद्धनमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

जस अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको जनाइएको छ ।

सम्झौता पश्चात गाउँपालिकाद्वारा एक कोष खडा गरी नेपाल बैंकको पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाले सहयोग गर्ने बैंकले जनाएको छ ।

संझौतामा नेपाल वैंक लिमिटेडकोतर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट अध्यक्ष कमल प्रसाद नेपालले हस्ताक्षर गरेका हुन ।

उक्त कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोईराला लगायतको उपस्थिति रहेको थियो ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *