प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

news-details

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन ।

यसअघि डा खतिवडा अर्थ, सञ्चार तथा सूचनामन्त्री र सरकारका प्रवक्ता रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएकोमा अहिले सरकारले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्न लागेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *