कामना सेवा बैंकले ल्यायो ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’ सेवा

news-details

कामना सेवा विकास बैंकका ग्राहकहरुले अब घरमा नै बसेर ‘सोसल मिडिया बैंकिङ प्लेटफर्म’मार्फत विभिन्न सेवा पाउने भएका छन् ।

भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरण जस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्यले शुक्रबार ‘कामना सेवा विकास बैंक सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरेका हुन् ।

भाइबरको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ भने फेसबुकको माध्यमबाट सुविधा प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ ।

कोरोनाको महामारीका बीच सुरु गरिएको सो सेवा प्रभावकारी बन्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *