बन्दाबन्दी र निषेधाज्ञा अवधिभरको घरभाडा तथा व्याज मिनाहा गर्न महासंघको माग

news-details

साना तथा मझौला व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको समयावधी भरको घरभाडा तथा बैंक व्याज मिनाहा गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा तथा बैंकको व्याज मिनाहा गर्न माग गरेका हुन ।

साथै महासंघले कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारीका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन, केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न तथा साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने माग गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *