डाउन पिलुवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक सहित ३ बैंकको लगानी

news-details

रिभर फल्स् पावरद्वारा प्रवद्धित संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तियकरणमार्फत लगानी जुटेको छ ।

परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड लगानी हुनेछ भने ३०५ स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने कम्पनीले बताएको छ ।

कम्पनीले यस आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाउनु भयो र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे ।

कम्पनीका कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए र परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *