सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुरु

news-details

सिद्धार्थ बैंक लिमिटेडले भदौ १५ गते देखि बैंङ्किङ सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेकोे छ ।

यस सुविधा संचालनपश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीनपिन सोझै आफ्नो मोबाइल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिद्धार्थ बैंकको कुनै पनि एटीएम वा नेप्से सदस्य रहेका केहि बैंकहरुको एटीएमबाट निर्धारण गर्न सक्नेछन् । यसरीे पिन निर्धारण गर्न एटीएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रीनपिन आउने छ ।

प्राप्त ग्रीनपिन ग्राहकहरुले एटीएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन सफलतापूर्वक परिवर्तन भएपछि, कार्ड सक्रिय हुनेछ र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटीएम, पीओएस मेसिन तथा अनलाइन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटीएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्नेछन् ।

बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भएपनि कागजको प्रयोग कमगरी वातावरण मैत्री बैंङ्किङ सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *