कामना सेवाका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छूट
- भदौ १३, २०७७
- 0
कामना सेवा विकास बैंकका ग्राहकले कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणमा विशेष छूट पाउने भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न गरेको परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले यस्तो छूटको व्यवस्था गरेको बताएको छ । बैंकले सुरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरी ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराएको हो ।
बैंक र हेल्थ केयरबीच भएको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले सुरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशत छूट प्राप्त गर्ने छन् ।
यस सहमतिअनुसार बैंकका ग्राहकले आर्थिक सहुलियतसहित सहज रुपमा कोरोना परीक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।
‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मुल नाराका साथ बैैंकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको बताएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










