नेपालमा पहिलो प्रिन्टिङ ईकमर्स शुरु, प्रिन्टसेवाले थाल्यो काम

news-details

लकडाउन र निषेधाआज्ञामा समेत काम गर्नका लागि डिजिटल बजारलाई मध्यनजर गर्दै नेपालमा पहिलो पल्ट प्रिन्टिङ ईकमर्स शुरु भएको छ ।

विगत १५ बर्षदेखि डिजाईन र प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको प्रिन्टसेवा प्रालिले साउनदेखि प्रिन्टिङ इकमर्सको सुविधा सार्वजनिक गरेको हो ।

कम्पनीले प्रिन्टिङ ईकमर्स वेबसाईट र एप्लीकेसनको सार्वजानिक गरी सेवा विस्तार गरी सकेको प्रिन्टसेवाका सिईओ सुरज राईले बताए । यससँगै अब प्रिन्टसम्बन्धी सम्पूर्ण काम अनलाईनबाटै हुने पहिलो कम्पनी भएको छ ।

अनलाईनमार्फत प्रिन्टिङ सेवा शूरु भएसँगै ग्राहकले अब समय र पैसा दुवैको वचत गर्न सक्ने कम्पनीको विस्वास छ । ग्राहकले प्रिन्टसेवामार्फत आफुले चाहेको प्रोडक्टको डिजाईन समेत आफैले गर्न सक्नेछन् । जसको लागि कम्पनीले वेबसाईटमा बिभिन्न टेम्प्लेटहरु उपलब्ध गराउनेछ । ग्राहकले अनलाईनबाटै आफ्नो अर्डरको ट्रयाकिङ र रि–अर्डर समेत गर्न सक्ने जनाइएको छ ।

प्रिन्टसेवा मार्फत कागज, प्लाष्टिक, धातु, कपडा, रेग्जिन लगायतका सामाग्रीमा ३० भन्दा बढि मिडियाको प्रयोग गरी प्रोडक्ट तयार गर्न सकिने संचालक तथा सिईओ राईको भनाई छ ।‘अबदेखि घर, कार्यालय तथा अन्य निजी र व्यवसायिक प्रयोजनको लागि जस्तोसुकै प्रिन्टिङको कामको लागि डिजाईन हाउस र प्रिन्टिङ कार्यालय धाउनु पर्ने समस्या र झन्झटिलो प्रकृयाको अन्त्य भएको छ’ राईको दावी छ ।

प्रिन्टसेवाको शुरुवाती दिनमै ग्राहकहरुको उत्साहजनक प्रतिक्रिया पाएको सेवा आरम्भ गरेसँगै ग्राहकहरुको अर्डर दिनप्रतिदिन बढ्दै गएको कम्पनीले जनाएको छ । प्रिन्टसेवाले ग्राहकहरुको सुविधाको लागि देशैभर सिपिङको समेत व्यवस्था गरेको छ । कम्पनीले स्ट्याण्र्डड र एक्प्रेस सिपिङ मार्फत ग्राहकले चाहेको घर, कार्यालाय वा अन्य ठेगानामा सिपिङ् गर्ने व्यवस्था गरिएको छ ।

प्रिन्टसेवा के हो ?

हरेक किसिमको छपाई सम्बन्धि काम हुने अनलाइन सर्भिस हो प्रिन्टसेवा डटकम । प्रिन्टसेवाले कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिबाट छपाई गर्छ । प्रिन्टसेवाले ५० भन्दा बढी किसिमको पेपरको प्रयोग गरेर छपाईको काम गर्ने गरेको छ ।

डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रिन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, युभि प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिने ।

के के काम गर्छ ?

प्रिन्टसेवाले भिजिटिङ कार्ड, ब्रोसर, लिफलेट, लेटरहेड, आइडि कार्ड, खाम, डायरी, स्टाम, टि–सर्ट, क्याप, कि रिङ, डटपेन, घडी, छाता, क्याटलग, कम्पनी प्रोफाइल, प्रोसपेक्टस, पोस्टर, टिकट, होर्डिङ बोर्ड, हाइवे बोर्ड, इन्डोर साइनेज, मग, प्लेट, कुसन, फोटो फ्रेम, कलर प्रिन्ट, मेनु, स्टेन्ड मेनु, क्यालेन्डर, एल्बम्, ग्रिटिङ कार्ड, ट्याग, रेकर्ड फाइल, पत्रिका, किताब, कपि, स्लिप, नोट कपि, ड्याङ्लर, स्टिमर, निमान्त्रणा कार्ड, टेबल टेन्ट, बट्टा, झोला, प्याकेजिङ, एक्त्रेलिक बोर्ड, फोरेक्स बोर्ड, स्टिकर, माउस प्याड, मोबाइल हाउजिङ आदी उपलब्ध गराउँछ ।

प्रिन्टसेवाले ग्राहकले गरेको अर्डरलाई लोकेसनमा डेलिभरी गर्छ । आफ्नो डिजाइन नभए पनि अनलाइन डिजाइन गरी अर्डर गर्न सकिने अथवा रियल टाइम डिजाइनर हायर गर्न मिल्ने भएकाले प्रिन्टसेवा सहज र ग्राहकका लागि फलदायी हुने बताइएको छ ।

भुक्तानी कसरी ?

प्रिन्टसेवामार्फत अर्डर गर्दा मोबाइल वालेटमार्फत पनि भुक्तानी गर्न सकिन्छ । आफ्नो अर्डर ट्रयाक गर्न सकिने । इमेलवाट एसएमएस नोटिफिकेशन प्रदान हुनेभएकाले आप्mनो सबै पुराना अर्डरहरु १ वर्षसम्म हेर्न वा रि-अर्डर गर्न मिल्छ ।

हाललाई काठमाडौंमा मात्र सिमित गरेको प्रिन्टसेवाले नेपालको जुनसुकै ठाउँमा डेलिभरको सुविधा उपलब्ध गराउने जनाएको छ ।

प्रिन्टसेवामा जोडिन आफ्नो नाम रजिस्ट्रर गर्न सकिन्छ । रजिस्टरसँगै आकर्षक अफर वा छुट पाउन सकिनेछ । प्रिन्टसेवाले २५ प्रतिशत सुविधा उपलब्ध गराएको र कर्पोरेट खातालाई हरेक आइटममा १० प्रतिशत छुट दिने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *