एकैदिन ६ हजार २ सयले घट्यो सुनको मूल्य

news-details

पछिल्लो समय मुल्य बृद्धिको रेकर्ड कायम गर्दै गएको सुनको मुल्य बुधबार भने एकैदिन ६ हजार २ सय रुपैयाले घटेको छ ।

मंगलबार तोलाको एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा पुगेको हो । सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भएर त्यसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *