आई पे रेमिटको ब्राण्ड एम्बेसेडर बनिन् अभिनेत्री वर्षा शिवाकोटी

news-details

आई पे रेमिटले हालसालै आफ्नो नयाँ ब्राण्ड एम्बेसेडरमा अभिनेत्री वर्षा शिवाकोटीलाई नियुक्त गरेको छ ।

आई पे रेमिटले आफ्ना सेवाहरू अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यावसायिक एसोसिएट्समार्फत १ लाख भन्दा बढी वैदेशिक रोजगारमा कमाइएको पैसा जापान, मलेसिया, कतार, दुवई जस्ता देशहरुबाट नेपालमा बसोबास गर्ने आफ्ना परिवारलाई छिटो, सुरक्षित र भरपर्दो माध्यम प्रयोग गरेर पठाउन मद्दत गर्दै आएको छ ।

यसै सन्दर्भमा आई पे रेमिटले नयाँ ब्रान्ड एम्बेसेडरका रुपमा नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीलाई चयन गरेको छ । अब आगामी दिनहरुमा अभिनेत्री वर्षा शिवाकोटीलाई आई पे रेमिटको ब्राण्ड प्रतिनिधिका रुपमा देख्न सकिने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *