एनसेल बन्यो पब्लिक कम्पनी, सर्वसाधारणलाई सेयर जारी गर्न बाटो खुल्यो

news-details

दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । गत सोमबार एनसेललाई कम्पनी रजिष्ट्ररको कार्यालयले नाम परिवर्तन गरेर पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति दिएको हो । अब ‘एनसेल प्रालि’ को नममा सेवा दिँदै आएको अब ‘एनसेल आजियाटा लिमिटेड’को रुपमा रहनेछ ।

यो सँगै अब एनसेलले सर्वसाधारणलाई सेयर जारी गर्ने बाटो खुलेको छ । लाभकर विवाद सल्टाएको एनसेल अब आईपीओ जारी गर्ने योजनामा छ ।

कम्पनी ऐन २०६३ को संशोधनपछि आगामी बैशाखभित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजीका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने व्यवस्था छ । एनसेल १० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी हो ।

पब्लिक कम्पनीमा रुपान्तरण हुनका लागि कम्पनीले २०७५ साालको सुरुआतमै निवेदन दिएको थियो ।

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीका रुपमा रहेको एनसेलले २०६१ भदौमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जीएसएम सेवा सञ्चालनको अनुमतिपत्र पाएको थियो । १ करोड ६० लाख बढी सिमकार्ड वितरण गरिसकेको कम्पनीले वर्षमा ५० अर्ब बढी आम्दानी गर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *