सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४०० मा कारोबार
- साउन २१, २०७७
- 0
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै तोलाको १ लाख १ हजार ४०० मा कारोबार भएको हो ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै १ लाख १ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै बुधबार तेजावी सुनको मूल्य १ लाख ९०० रुपैयाँ र चाँदीको मूल्य आज १ हजार २९५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले यसको मूल्य अझै बढ्न सक्ने महासंघको भनाई छ । निरन्तर सुुनको मूल्य उकालो लागेसँगै सुनको कारोबारमा कमि आउदा देशभरका सुनचादी व्यवसायी प्रभावित बनेका पसिन महासंघले जनाएको छ ।
महासंघका अनुसार सामान्य अवस्थामा दैनिक ४० किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले दैनिक पाँच किलोसम्म मात्र सुनको कारोबार हुने गरेको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










