लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

news-details

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोहो ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गर्भनर भएपछि गत चैत्र पहिलो सातादेखि खाली रहेको यस पदमा भट्टलाई नियुक्त गरिएको हो ।

अर्थमन्त्री संयोजक रहेको शिफारिस समितिले राष्ट्रिय योजना आयोगको सदस्य भट्टसहित विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको नाम सिफारिस गरेकोमा भट्टलाई उक्त पदमा नियुक्त गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *