नबिल बैंक दोस्रो पटक यूरोमनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

news-details

नबिल बैंकलाई बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ बाट पुरस्कृत गरेको छ ।

समकालीन बैंकहरुमध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

नबिल बैंकलाई समग्र बैकिङ कार्यसम्पादन मूल्याँकन गरि उत्कृष्ट ठहर्याउँदै यूरोमनीले पुरस्कृत गरेको हो।

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ। ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ ले प्रत्येक वर्ष अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रियस्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ।

नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *