सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत

news-details

डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियहरु लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पीडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ ।

डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरोबाट अति प्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम स्थानीय परिवारहरुलाई उपलब्ध गराईएको छ ।

सामाजिक उत्तरदायित्वलाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।

एसईई तयारी कक्षादेखि लकडाउनको समयमा विद्यार्थीहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षामार्फत प्रशारण गरिरहेको छ ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्यसँगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडि बढाइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *