सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलाको एक लाख नजिक

news-details

सुनको भाउ हालसम्मकै उच्च दरमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो केहि समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्यले यस दिन अन्तर्राष्ट्रिय बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँ तोकिएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री भएको छ। गत साता देखि चाँदीको मूल्य लगातार बढेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *